७ चैत्र २०७९, मंगलवार

माग्ने बुढाले सार्वजनिक गरे, केपि ओलीले कोमल वलीलाई लेखेको पत्र

२०७४,आश्विन,७,शनिवार ११:४३

9
Shares

काठमाण्डौं, ७ असोज ।चर्चित हाँस्य कलाकार माग्ने बुढो अर्था केदार घिमिरेले एमाले अध्यक्ष केपि शर्मा ओलीले गायिका कोमल ओलीलाई लेखेको पत्र सार्वजनिक गरेका छन । राप्रपा केन्द्रीय सदस्य रहेकि कोमल एमाले प्रवेश गर्न लागेको खबर बाहिरिए संगै माग्नेले कोमललाई वयंग्य गरेका छन ।कोमलले यस अघि गाएका गीत र एमाले पार्टी प्रवेशलाई व्यंग्य गर्दै सामाजिक सञ्जाल फेसबुकमा माग्नेले लेखेका छन,

कोमललाई ओलीको पत्र ।प्यारी बैनी कोमल अबिबादन । हामि ओली ओली भएर पनि हरिबंसले छक्का पंजा २ मा गित गाएको जस्तो “म त यता किनारमा ,तिमि उता किनारमा” पो भईयो त । मलाइ काम्रेडहरुले “तिम्री कोमल राप्रपामा पोइल गई “भनेर जिस्काउछन ।मैले उनीहरुलाई “पोइल हिड्नेको भर हुदैन ,यता ल्याउन पनि सकिन्छ “भनेर आस्वासन दिएको छु । बैनी ,भूइंचालोमा परेर फुटेको हाँडी जस्तो पाटीमा अब नबस ,हामि तिमीलाई बेहुली बनाएर एमालेमा भित्र्याउन आतुर छौं साथै तिमीलाई प्रदेश सभाको चुनाबमा दाङ्गबाट टिकेट दिउँला । ओली ओली खेलौँला दोहोरी,कि कसो ? । तर एउटा शर्त पनि छ ,यता आएपछि चाहिं “ओइ शिब ओइ ,मलाइ चाहिएन पोइ ” भन्ने गित गाउनु पर्छ । “पोइल जान पाम” भन्ने गित गाउन पाउदिनौ नि !हेर बैनी, धेरै पोइल हिड्नेलाइ नयाँ लोग्नेले पनि बिश्वास गर्दैनन् रे । मुन्द्रे र माग्नेहरुले फिलिम बनाका छन रे , फूलपातीका दिन संगै हेर्न जाउँला ,चुनाब कसरि जित्ने भन्ने बिषयमा चाहि म त्यो दिन भनौंला । —— -उही तिम्रो दाइ ओली, हाल बालकोट ।

फेसबुक स्ट्याटसको अन्त्यमा माग्नेले आँफु अभिनित चलचित्र फुलपाती देखि प्रदर्शनमा आउने जानकारी पनि व्यंग्यात्मक शैलीमा दिएका छन । 

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार ११:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ

काठमाडौं । फिल्म ‘पशुपति प्रसाद २ स् भष्मे डन’ को छायांकन शुरु भएको छ । शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । ‘द पाल्म गुप्र प्रालि’ को

काठमाडौँ ।  नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६