पत्रकार अर्णव गोस्वामीको बारेमा ‘फिल्म’ बन्दै

काठमाडौं । बलिउडका निर्माता राम गोपाल वर्माले नयाँ फिल्मको घोषणा गरेका छन् ।

उनी रिपब्लिक टिभीका सम्पादक तथा पत्रकार अर्णव गोस्वामीमा आधारित फिल्म बनाउन लागेका हुन् ।

उनले गोस्वामीप्रति आक्रोश व्यक्त गर्दै ‘अर्णव द न्युज प्रोस्टिट्युट नामको फिल्म बनाउने बताए ।

उनले बलिउडमा घटेका घटनाबारे अर्णव गोस्वामीले हाम्रो मेरुदण्ड छैन भन्ने तथ्यलाई प्रचार गरिरहेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?