छाँङ्गोमा शव फेला, निकाल्न कठिनाई

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक जनाको शव फेला परेको छ । सोही स्थानका ५५ वर्षीय कामि लामाको शव फेला परेको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए ।

कामि लामा यही साउन १९ गतेदेखि हराइरहेका थिए । उनको शव आज छहरे खत्कुलो छाङ्गोमा देखिएको वडाध्यक्ष लामाले जानकारी दिए । छाङ्गो ठूलो भएकाले शव निकाल्न गाह्रो भएको स्थानीयवासीको भनाइ छ । अहिले शव कसरी झिक्न सकिन्छ भनेर अहिले स्थानीयवासी लागिपरेका छन् ।

  • रासस
  • साङ्केतीक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?