कोरोना ‘भ्याक्सीन’मा अमेरिका र बेलायत भन्दा अगाडि रुस

काठमाडौं । रुस अक्टोबरबाट आफ्नो देशमा ठूलो परिणाममा कोरोना भाइरस भ्याक्सीनेशन प्रोग्राम शुरु गर्दैछ ।

रुसले दाबी गरे अनुसार उ अमेरिका, ब्रिटेन र चीन भन्दा कोरोना भ्याक्सीन बनाउनेमा अगाडि निस्किएको छ । तर रुसको दाबी भने स्वतन्त्र रुपमा पुष्टि भएको छैन । तर रुसी कोरोना भ्याक्सीन सबैभन्दा पहिला सफल साबित भयो भने धेरै देशमा उपलब्ध हुने धेरैको अनुमान छ ।
theguardian.com का अनुसार रुसी अधिकारीहरुले १० अगस्टसम्म मुख्य भ्याक्सीनलाई स्विकृति प्रदान गर्ने बताएका छन् ।

अमेरिका-ब्रिटेन से आगे निकला रूस! भारत को भी देगा अपनी कोरोना वैक्सीन

रुसले सेप्टेम्बरमा भ्याक्सीनको उत्पादन शुरु गर्ने पनि बताइसकेको छ । भ्याक्सीन ट्रायलमा प्रमाणित गर्नको लागि रुसमा रिसर्चरले आफैँ भ्याक्सीन लगाएका थिए ।

अमेरिका र बेलायतको बारेमा धेरै जानकारी निकालिएको छ तर रुसको बारेमा भने सिमित मात्र जानकारी निकालिएको छ ।

अमेरिका-ब्रिटेन से आगे निकला रूस! भारत को भी देगा अपनी कोरोना वैक्सीन

त्यसैले पनि सबै यसलाई स्विाकार्य गर्न सकिरहेका छैनन् । उक्त रिपोर्टका अनुसार रुसमा कोरोना भ्याक्सीन बिरामीलाई दिन थालिएको पनि बताइएको छ ।

रुसका व्यापार मन्त्री डेनिस म्यान्तुरोवले एक महिनामा रुस भ्याक्सीनको लाखौँ प्रोडक्ट बनाउने बताएका छन् ।

अमेरिका-ब्रिटेन से आगे निकला रूस! भारत को भी देगा अपनी कोरोना वैक्सीन

उनले भ्याक्सीन रुसको तीन वटा ठाउँमा बन्न थालेको पनि बताएका छन् । रुसका स्वास्थ्य मन्त्री मिख्याल मुराश्कोले क्लिनीकल ट्रायल पुरा भएको कुरा बताईसकेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?