अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण भएको छ ।

आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गरीएकोमा १५ जना कर्मचारीमा ‘कोभिड – १९’ संक्रमण रिपोर्ट पोजेटिभ आएको थियो।

अख्तियारको ‘अप्रेसन’ का लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्याक ट्रेसिङ’ गरी स्वाब संकलन गरी परीक्षण गरिएको थियो । संक्रमितमध्ये धेरै प्रहरी अधिकारी नै छन् ।

एकाध सेवाबाहेक गत साउन ७ गतेबाट लकडाउन खुलेसँगै संक्रमितको संख्या ह्वात्तै बढेको छ । यसैबीच, घना बस्ती भएका शहरहरुमा कोरोनाको त्रास बढेपछि सरकारले परीक्षणको दायरा बढाएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुरमा) कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारी कार्यालयहरुमा पनि परिक्षणको दायरा बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?