अष्ट्रेलिया र वेस्ट इन्डिजबीचको टी-ट्वान्टी सिरिज स्थगित

काठमाडौं । अष्ट्रेलिया र वेस्ट इन्डिजबीचको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज स्थगित भएको छ । अष्ट्रेलिया क्रिकेटले मंगलबार वेस्ट इन्डिजसँगको सिरिज स्थगित गरिएको जनाएको छ ।

विश्वकप एक वर्ष सरेपछि सिरिज स्थगित गरिएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।

अष्ट्रेलिया र वेस्ट इन्डिजबीच अक्टोबरको सुरुवातमा टी-ट्वान्टी सिरिज खेल्न तय भएको थियो । अष्ट्रेलियामा तय भएको आईसीसी टी-ट्वान्टी विश्वकपअघि दुई टोलीबीच सिरिज खेल्ने तय भएको थियो ।

विश्वकपको तयारीका लागि दुई टोलीले टी-ट्वान्टी सिरिज खेल्ने भएका थिए ।

टी-ट्वान्टी सिरिज स्थगित भएपछि दुवै टोलीका खेलाडीलाई इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न  तयार रहेका छन् । युएईमा आयोजना आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुँदैछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?