कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुलाई यी १४ स्थानबाट स्वाब परीक्षण गर्न मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको सम्पर्कमा आएका र उच्च जोखिमपूर्ण ठाँउबाट आएकाहरुलाई अनिवार्य स्वाब संकलन गर्न आग्रह गरेको छ ।

काठमाडौंमा उपत्यकामा बढ्दो कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न मन्त्रालयले विभिन्न १४ अस्पताल तथा प्रयोगशालामा परीक्षण गर्न आग्रह गरेको हो ।

पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, के एम सी अस्पताल, वीर अस्पताल लगायत अन्य १४ केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब संकलन गर्न आग्रह गरेको हो ।

त्यस्तै सर्वसाधारणहरुलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने, घर बाहिर अत्यावश्यक अवस्थामा बाहेक ननिस्कने र भीडभाड नगर्ने, चाडपर्वहरु घरमै बसी मनाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?