काठमाडौं, १५ फागुन । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको अन्तरिम विधान र संगठनात्मक एकता सम्बन्धी प्रारम्भिक मस्यौदा बनाउन उपसमिति गठन भएको छ एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले अन्तरिम विधान र भातृसंगठनको एकताको विधि तय गर्न कार्यदलले फागुन २२ भित्र प्रारम्भिक मस्यौदा पेश गर्न कार्यदल गठन गरेको हो कार्यदलका प्रवक्ता गोकर्ण विष्टले अन्तरिम विधानको प्रारम्भिक खाका मस्यौदा गर्न माओवादीका वर्षमान पुन र एमालेका बेदुराम भुसाल रहेको उपसमिति तथा भातृ संगठनहरुको एकीककरणका लागि विधि तय गर्न गोकर्ण विस्ट र गिरिराजमणि पोखरेल रहेको कार्यदल बनाएको बताएका छन् दुवै उपसमितिले फागुन २२ गतेको बैठकमा प्रारम्भिक रिपोर्ट पेश गरेपछि कार्यदलले थप छलफल गरेर फागुन २५ भित्र अन्तरिम विधान र संगठनात्मक एकीकरणको विधि पार्टी एकता संयोजन समिति समक्ष पेश गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया