स्पेनका पूर्व राजा ख्वान कार्लोसले गरे देश छोड्ने घोषणा

काठमाडौं । स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छोड्ने घोषणा गरेका छन् ।

करिव ४० वर्ष सत्ता हाँकेका स्पेनका कार्लोसले आफूमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छोड्न लागेको घोषणा गरेका हुन् ।

स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म राम्रोसँग डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न लागेपनि उनी कहाँ गएर बस्नेछन् भन्ने कुरा खुलाइएको छैन ।

उनले आफूमाथिका आरोपबारे केही सोधपुछ गर्नु परेमा आफू उपलब्ध हुने बताएका छन् ।

सन् २०१४ मा गद्दी त्यागेका कार्लोसको साउदी अरेबियामा एउटा हाइस्पीड रेलको ठेक्कामा कार्लोसको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?