के युद्धका लागि तयार छ चीन ? यसरी गर्यो युद्धाभ्यास (भिडियोसहित)

काठमाडौं । चिनियाँ सेनाले युद्धाभ्यास गरेर आफू युुद्धका लागि तयार रहेको संकेत दिएका छन् । चीन जनमुक्ति सेनाका तीनवटा थिएटर कमाण्डमा लडाकू विमान, बमवर्षक विमान सहित अन्य विभिन्न विमानहरूले युद्धाभ्यास गरेर युद्धका लागि आफू सबै किसिमले तयार रहेको सन्देश दिएका हुन् ।

जस्तोसुकै युद्धका लागि भए पनि आफू जुन कुनै बेला युद्ध लड्न तयार रहने संकेत यो युद्धाभ्यासको भिडियो हेरेर सहजै अनुमान लगाउन सकिन्छ ।

पूर्वी लद्दाखको गलवान घाटीमा चीन भारत विवाद र दक्षिण चीन सागरमा अमेरिका र चीनको विवादका बीच चीनले आफ्नो सैनिकहरुलाई विभिन्न क्षेत्रमा बढाईरहेको छ । साथै युद्धाभ्यास पनि गरिरहेको छ ।

ग्लोबल टाइम्सले सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेको यो भिडियोमा जुन कुनै पनि बेला युद्ध गर्नुपर्ने अवस्था भएकोले चीन तयारी अवस्थामा रहेको क्याप्सनमा लेखेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?