प्रधानमन्त्री ओलीले थाले विज्ञहरुसँग परामर्श, देउवा र महन्थ पनि सहभागी

काठमाडौं । नेपालमा कोरोनाको जोखिम बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले जोखिम न्यूनिकरणको लागि विज्ञहरुसँग छलफल गरेका छन् ।

भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञहरुसँगको छलफल शुरु गरेका हुन् ।

उक्त छलफल कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको समेत सहभागीता रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

सरकारले साउन ७ गतेबाट लकडाउन अन्त्यको घोषणा गरेसँगै काठमाडौं उपत्यका लगायत देशैभरी कोरोना संक्रमणको जोखिम बढिरहेको छ । जनश्वास्थ्य विज्ञहरुले लकडाउन गर्न सुझाव दिइरहेका बेला प्रम ओलीले विज्ञहरुसँग छलफल थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?