बामदेवलाई भेट्न भैँसेपाटी पुगे प्रचण्ड 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीपछि प्रचण्डपनि गौतमलाई भेट्न भैँसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले प्रचण्ड गौतम भेट्न भैसेपाटी आएको पुष्टि गर्दै समसामयिक विषयमा नेताहरुबीच छलफल हुनु सामान्य भएको प्रतिक्रिया दिए ।

यसअघि गौतमले नेकपा विवाद उत्कर्षमा पुगेका बेला सहमतिको लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेसँगै ओली गौतमलाई भेट्न उनको निवास पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?