काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सोमवार एक बयानमा कोरोनाको अचूक औषधि सम्भव नभएको बताएको छ ।
त्यसैले यो अवस्था सामान्य हुनको लागि केहि समय लाग्ने भन्दै डब्ल्यूएचओले सतर्क र सचेत रहन सबैलाई आग्रह गरेको हो ।
साथै केहि देशहरुले रणनीति बनाएर अगाडि बढ्न समेत डब्ल्यूएचओले सुझाएको छ ।
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधनोम घेब्रेयससलेजेनेभा स्थित मुख्य कार्यालयबाट एक भर्चुअल बैठकमा आफ्नो बचावका लागि हरेकले सक्दो प्रयाश गर्न आग्रह गरेका छन् । उनले योविरुद्धको कुनै भ्याक्सीन बन्न र त्यसले काम गर्छ भन्ने यकिन गर्ने आश कम रहेको पनि बताएका छन् ।
उनले भने, ‘केहि भ्याक्सीन ट्रायलको तेश्रो चरणमा छन्, तर अहिलेसम्म कुनै अचुक औषधि बनेको छैन ।’
उनले हात बारम्बार धुन, सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन अपील गरेका छन् ।
कोरोना भाइरसको धेरै असर बच्चालाई र वृद्धवृद्धालाई परेकोले उनले युवापुस्ताले बुझेर सबैलाई अगाडि लिएर जान समेत आग्रह गरेका छन् ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ६ लाख ९७ हजार २२२ जनाको मृत्यु भएको छ भने १ करोड ८४ लाख ४६ हजार ७६६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड १६ लाख ७७ हजार ७२३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६४ हजार ६२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै विश्वमा ६० लाख ७१ हजार ८२१ जना स्वास्थ्योपचाररत छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया