काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ९७ हजार ८३ जनाको मृत्यु भएको छ भने १ करोड ८४ लाख ३९ हजार ६९७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ रकोड १६ लाख ७१ हजार ९७१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६४ हजार ६७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म् १ लाख ५८ हजार ९२९ जनाको मृत्यु भईसकेको छ भने ४८ लाख ६२ हजार १७४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २४ लाख ४६ हजार ७९८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २२ लाख ५६ हजार ४४७ जना स्वास्थ्योपचाररत छन् ।
त्यस्तै अमेरिकामा १८ हजार ७२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा ५ लाख २२ हजार ३० जनालाई संक्रमण भएको छ भने ९ हजार ५०६ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ४ लाख ९१ हजार ८८४ जनालाई संक्रमण भएको छ भने ७ हजार १५७ जनाको मृत्यु भएको छ । त्यस्तै टेक्सासमा अहिलेसम्म ४ लाख ६१ हजार २६६ जनालाई संक्रमण भएको छ भने ७ हजार ४५५ जनाको मृत्यु भएको छ ।
अमेरिकामा सोमवार मात्रै ४८ हजार ६२२ जना नयाँ संक्रमित थपिएका छन् भने ५६८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया