अब ९० मिनेटमै कोरोना परीक्षण

बेलायतले आगामी सातादेखि कोरोना भाइरस (कोभिड–१९) वा फ्लु परीक्षणको नतिजा नमुना संकलन गरेको ९० मिनेटमै आउने विधि सञ्चालनमा ल्याउने भएको छ । उक्त विधि अस्पताल तथा केयरहोमहरूमा सुरु गरिने सरकारले जनाएको छ । हाल परीक्षणको एक चौथाइ नतिजा आउन कम्तीमा २४ घण्टासम्म लाग्ने गरेको छ ।
सरकारले आगामी सातादेखि अस्पताल तथा केयरहोमहरूमा झन्डै ५ लाख र्‍यापिड स्वाब टेस्ट (जसलाई ल्यामपोर भनिन्छ) उपलब्ध हुने जनाएको छ । यस वर्षको अन्त्यसम्म त्यस्ता किट अरू लाखौं बनाइने सरकारको भनाइ छ । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?