कोरोना विश्व अपडेट : ६ लाख ९४ हजार बढीको मृत्यु, पछिल्लो ताजा विवरणसहित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ९४ हजार ९ सय १८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ८३ लाख ५१ हजार ८ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड १५ लाख ५० हजार ४ सय १३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ६ सय ४० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५८ हजार ५ सय ६२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १८ हजार ५ सय ४० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४८ लाख ३२ हजार १ सय ८७ पुगेको छ । हालसम्म २३ लाख ८९ हजार ६ सय ९८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ६ सय ९४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ९७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा २ हजार ६ सय २१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २७ लाख ३६ हजार २ सय ९८ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ९४ हजार २ सय २६ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १८ लाख ८४ हजार ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९६ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३८ हजार ९ सय ६९ हजार पुगेको छ । बितेको २४ घण्टामा ४७ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १८ लाख ५२ हजार १ सय ५६ पुगेको छ । हालसम्म १२ लाख २९ हजार १ सय ७१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८ सय ८ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ हजार २ सय ७ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ३ सय ९४ जनामा कोरोना पुष्टि भएको र ७९ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ५६ सय २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख ५३ हजार ५ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ । हालसम्म ५ लाख ११ हजार ४ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ४ हजार ८ सय ५३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ४६ पुगेको छ । हालसम्म कोरोनाको कारण ४७ हजार ७ सय ४६ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र २ सय ७४ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा २ लाख ८९ हजार ३ सय ९४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

पेरुमा हालसम्म पेरुमा १९ हजार ६ सय १४ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ४ लाख ३९ हजार ४६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ९४ हजार १ सय ८७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय १० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार ७ सय ७ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा १ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ६१ हजार ४ सय ९३ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ३३ हजार ९ सय ७६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये २ सय ३५ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ४ सय ७२ पुगेको छ । हालसम्म ३ लाख ४४ हजार १ सय ३४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?