भारतमा बितेको २४ घण्टामा ४७ हजार बढीमा कोरोना पुष्टि

काठमाडौं । छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३८ हजार ९ सय ६९ हजार पुगेको छ । बितेको २४ घण्टामा ४७ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १८ लाख ५२ हजार १ सय ५६ पुगेको छ । हालसम्म १२ लाख २९ हजार १ सय ७१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८ सय ८ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ९४ हजार ९ सय १५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ८३ लाख ५१ हजार ८ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड १५ लाख ५० हजार ३ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ६ सय ४० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?