काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५८ हजार ५ सय ६२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १८ हजार ५ सय ४० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४८ लाख ३२ हजार १ सय ७ पुगेको छ ।
हालसम्म २३ लाख ८९ हजार ६ सय ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ६ सय ९४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ९७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ९४ हजार ९ सय १५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ८३ लाख ५१ हजार ८ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड १५ लाख ५० हजार ३ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ६ सय ४० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया