काठमाडौं । नेपाल कोरोना संक्रमणको हिसावले विश्वको ६५ औँ स्थानमा रहेको छ ।
नेपालमा हालसम्म २० हजार ७ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १४ हजार ९ सय ६१ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।
हालसम्म नेपालमा कोरोनाको कारण ५७ जनाको ज्यान गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा बितेको २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया