प्रचण्डलाई उनकै विश्वासपात्र मानिने हरिबोलले दिए अध्यक्षबाट राजीनामा दिन सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपत्र मानिने नेकपा नेता हरिबोल गजुरेलले प्रचण्डलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाएका छन् ।

नेकपा स्थायी कमिटि बैठकमा बहुमत सदस्यहरुले प्रधानमन्त्री समेत रहेको नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन माग गरिरहेका बेला उनले त्यस्तो सुझाव दिएका हुन् ।

यसै सन्दर्भमा बीबीसी रेडियोसँग कुरा गर्दै सोमबार राति गजुरेलले भने, ‘मैले प्रमसँग गम्भीर ढंगले कुरा गरेँ । प्रचण्डले कार्यकारी छाड्न भनेपनि मैले कुनै हालतमा छाड्दिनँ भन्नुभयो । मैले राजीनामा दिएमात्रै यो सबै हुने हो नत्र समस्याको समाधान हुँदैन भनेर ओलीले भन्नु भएपछि प्रचण्डलाई पार्टी एकतालाई बचाउनका लागि अध्यक्षबाट राजीनामा दिनुस् भनेर मैले भनेको हो’, उनले थपे ‘अन्तिममा केही उपाय चलेन भने हरिबोलजीले भनेको सल्लाह मान्छु भनेर प्रचण्डले पनि भन्नु भएको छ।’

ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्डको माग रहेको छ । भने उनलाई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले साथ दिएएका छन् । साथै यस्तो अवस्थामा प्रचण्डले राजीनामा माग्नु नै गलत भएको उनको टिप्पणी रहेको छ । पछिल्लो दिनमा पार्टीलाई फुटबाट बच्न यो आफूले प्रचण्डले राजीनामा दिनुपर्छ भन्ने प्रस्ताव अघि सारेको पनि उनको दाबी छ ।

ओलीले पार्टीमा नेताहरु को कतातिर हुँदा कस्तो समीकरण बन्छ भन्ने राम्ररी बुझेको भन्दै गजुरेलले प्रमले बैठक स्थगित गर्दा प्रचण्डले राजीनामा दिने उपयुक्त समय रहेको समेत बताए । तर त्यसको उपयोग राम्ररी हुने नसकेको उनको तर्क रहेको छ ।

नेकपाका उपाध्यक्ष बामदेव गौतमले शुरुमा प्रचण्डको साथ दिएपनि पछिल्लो समय प्रम ओलीको पक्षमा देखिएका छन् । त्यस्तै अन्य पूर्वमाओवादीकै नेताहरुले प्रचण्डको साथ छाडेको भनिएको बेला गजुरेलको पनि यस्तो धारणा आउनुलाई गम्भीरतापूर्वक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?