जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विज्ञहरूको टोलीले कोभिड–१९ अद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको डब्ल्यूएचओका प्रमुखले सोमवार बताएका छन् ।
“हामीले अध्ययन गर्न निरन्तरता दिइरहेका विषयमध्ये एउटा कोभिड–१९को कारक मानिने भाइरसको उद्गमस्थल पनि हो,” डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बताए ।
उनले भने, “अध्ययनका लागि चीन पठाइएको सङ्गठनको विशेषज्ञहरूको टोलीले आधारभूत कामहरू सकिसकेको छ ।”
यी प्रयासहरूको परिणामका रूपमा डब्ल्यूएचओको नेतृत्वमा चिनियाँ विज्ञहरूले डब्ल्यूएचओको अन्तर्राष्ट्रिय टोलीको अध्ययन र कामका लागि आवश्यक सन्दर्भ सर्तहरूको मस्यौदा तयार गरेका छन् ।
“अन्तर्राष्ट्रिय टोलीमा चीन र विश्वभरका अग्रणी वैज्ञानिक र अनुसन्धानकर्ताहरु सामेल हुनेछन्,” डब्ल्यूएचओ प्रमुखले बताए।
छिट्टै केहि सङ्क्रमणको सम्भावित श्रोत पहिचान गर्न चीनको वुहानमा महामारीविज्ञानसम्बन्धी अध्ययन शुरु हुनेछ, उनले भने। यस कामबाट उत्पन्न प्रमाण र परिकल्पनाले दीर्घकालीन अध्ययनको लागि आधार तयार पार्नेछ ।
दुई डब्ल्यूएचओ विशेषज्ञहरु मिलेर एक टोलीलाई तीन हप्ता पहिले चीन पठाइएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया