आज गाईजात्रा : यस्तो छ धार्मिक कारण !

काठमाडौं । प्रत्यक वर्ष भाद्र कृष्णपक्षमा मनाईने गाईजात्रा पर्व काठमाडौं उपत्यका सहित देसका विभिन्न स्थानमा धुमधामका साथ मानिन्छ ।

ऐतिहासिक प्रमाण अनुसार बिक्रम संवत् १६४१ देखी १६६४ सम्म प्रताप मल्ल राजा भएका थिए । यसै विचमा उनलाई पुत्रशोक पर्यो ।

पुत्रशोकले भाव बिहवल भएकी रानिलाई दुनियाले पनि एस्तै शोक बेहोर्नु पर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आफ्ना आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकालि शहर परिक्रमा गर्न लगाएर रानीको शोक कम गर्न गाईजात्राको प्रचलन शुरु गरेका हुन भन्ने धार्मिक विश्वास रहेको छ ।

गाईजात्रा पर्वको दिन दिवंगत आत्माहरुको सम्झनामा पाए गाई नै गाई नपाए मानिसलाई गाईको रुपमा सिंगरपटार गरि आफ्नो आफ्नो क्षेत्र वरिपरि घुमाई यो पर्व मनाईन्छ ।

आजको दिन काठमाडौं तथा बाहिरका नेवार समुदायका मानिसहरुले आफ्ना मृतजनको सम्झनामा रामायणका करुण रसका गीत पनि गाउने गर्दछन् ।

गाईजात्रा भाद्र कृष्ण प्रतिपदाबाट शुरु गरि आठ दिनसम्म भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन,सामाजिक विकृति हरूप्रति व्याङग्यात्मक प्रदर्शन,नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङग्य अङ्क प्रकाशित गर्ने गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा पोखरामा प्राय नेवारी समुदाय भएका वस्तिहरुमा धुमधामका साथ यो पर्व मनाउने प्रचलन रहेकोछ ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?