सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले मेलम्चीमा आठ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका उनले विपत्तिलाई कसैले रोकेर रोक्न नसक्ने भन्दै सबै जनालाई सचेत रहन आग्रह गरे ।
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको टोलीले समेत मेलम्ची घटनाको अवलोकन गरेको छ । मेलम्ची घटना भएको थाहा पाउना साथ इन्द्रेणि कार्यक्रमका संयोजक कृष्ण कँडेलसहितको टोली लिएर बस्नेत मेलम्ची आएका हुन्। गएराति आएको पहिरोले पुरिएर वीरगञ्ज घर भई मेलम्चीमा मजदूरी गरिरहेका आठ जनाको मृत्यु भएको थियो भने एक जनाको चार घण्टापछि जीवितै उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको छ ।
पूर्वमन्त्री बस्नेतले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई धैर्य भएर बस्न आग्रह गरे । त्यस्तै इन्दे्रणिका संयोजक कँडेलले घटनामा मृत्यु भएकाप्रति परिवारलाई १५ हजारका दरले सहयोग गर्ने घोषणा गरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया