हेर्नुहोस् २०७७ साल साउन २० गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साउन २० गते । मंगलवार । इ.स.२०२० अगष्ट ०४ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । ने।सं। ११४० बछलागा । भाद्र कृष्णपक्ष । तिथी प्रतिपदा,२० बजेर ५० मिनेट उप्रान्त द्वितीया ।

नक्षत्र–श्रवण,०८ बजेर २० मिनेट उप्रान्त धनिष्ठा । योग–आयुष्मान,०८ बजेर ५३ मिनेट उप्रान्त सौभाग्य । करण–बालव,०८ बजेर ३९ मिनेट उप्रान्त कौलव,२० बजेर ५० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा– लुम्ब योग । चन्द्रराशि–मकर,२० बजेर ५१ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय ५ बजेर २९ मिनेटमा, सूर्यास्त १८ बजेर ४८ मिनेटमा । दिनमान ३३ घडी १९ पला । गाईजात्रा सापारु। धनिष्ठा पञ्चक २०ः५१ बजे प्रारम्भ। द्विपुष्कर योग २०ः५० बजेपछि।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशीलताको उच्च मुल्याङकन हुनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापारमा लगानी गरी धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखी काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुची बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागि समय उत्तम रहेको छ । आत्मविस्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

भौतिक वस्तु तथा सवारी साधनको कारोवार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । आफन्त तथा साथी भाईसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिनेछ । कृतिमानी काम गरी नाम कमाउन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ । बैंक तथा बित्तिय क्षेत्रको लगानी अथवा त्यो सँग सम्वन्धीत कामहरुबाट सन्तुष्टी हुन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

घर परिवार तथा आफन्तका बिच देखिने समस्या हल गर्दै राम्रा काम गर्न सकिनेछ । विलाशी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाईलो गर्न खोज्दा शुभचिन्तकहरु रिसाउनेछन् । हतारमा गरीने निर्णय घातक हुनेछ । पढाई लेखाईमा मन जाने छैन । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा अविश्वास बढ्नेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राम्रा तथा परिणाममुखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धन स्थानमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिईएका रुपैया पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धी मुलक काम गर्न सकिनेछ । बोलिकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पुराना कमिकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यतित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । राजनीतिज्ञको लागि समय राम्रो रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

महत्वकांक्षी तथा ठुला योजनाहरु तत्काल शुरु नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनावस्यक काम तथा यात्रा नगर्नु नै राम्रो रहेको छ,नराम्रा घट्नाहरु हुन सक्छन् । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । नियम तोडेर कुनै पनि काम नगर्नुहोला सजाए भोग्नु पर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

काम गर्ने थुप्रै बाटाहरु भेटिनेछन् भने व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । सिमित साधन स्रोतको परिचालन गरी असिमित आवश्यक्ताहरु परिपूर्ति गर्न सकिनछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैत्रिक धन तथा सम्पत्तीको प्रयोग गर काम गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?