नेपालमा कोरोना अपडेट : थपिएका ४ सय १८ जना कहाँका हुन् ? (प्रादेशीक विवरणसहित)

काठमाडौं – बितेको २४ घण्टामा नेपालमा ४ सय १८ जनामा कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ संख्यामा ७ हजार ६ सय ३७ पीसीआर परीक्षणमा ४ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका ४१८ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

सोमबारसम्म ३ सय ५८ जना संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म १४ हजार ९ सय ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ८ सय ७५, प्रदेश नम्बर २ मा ३ हजार १ सय ७६, बागमती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ३० जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६६, कर्णाली प्रदेशमा १ हजार ७ सय २३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ४८ जना ‘डिस्चार्ज’ भएका छन् । यो कुल संक्रमितको ७२.१ प्रतिशत हो।

सोमबार देशभरीका आइसोलेसनमा अर्थात् ‘एक्टिभ केस’ ५ हजार ७ सय ३२ जना रहेको छ । जसमा प्रदेश नम्बर १ मा २ सय ९०, प्रदेश नम्बर २ मा २ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ५१ र गण्डकी प्रदेशमा २ सय ७२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय १५, कर्णाली प्रदेशमा २ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४९ जना उपचाररत छन् ।

प्रदेश नम्बर १ मा १ हजार २ सय ९६, प्रदेश नम्बर २ मा १ हजार १ सय ४४, बाग्मती प्रदेशमा ८ सय २६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना क्वारेन्टाईनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ४०, कर्णाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय ३७ जना क्वारेन्टाईनमा छन् । अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३० जिल्लाका ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा सुनसरीका ५, झापाका ५, मोरङका ४६, सिराहाका ३, सप्तरीका ५१, सर्लाहीका २, महोत्तरीका ३१, धनुषाका ३०, बाराका ३, पर्साका ७१, भक्तपुरका ५, कञ्चनपुरका ८, रसुवाका १, बाराका १, काठमाडौँका ४३ र रौतहटका २ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै ललितपुरका ३, चितवनका १,गुल्मीका १,दोलखाका १, कास्कीका ८, स्याङ्जाका १, रुपन्देहीका १, बाँकेका ८, वर्दियाका १, दाङका १, सुर्खेतका २, दैलेखका २, रुकुमका २, कञ्चनपुरका ८, कैलालीका ६७ र अछामका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा भएको कुल परीक्षण तीन लाख ९८ हजार ९०७ स्वाब परीक्षण गरिएकोमा ५.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।

यसैबीच मन्त्रालयले बालबालिका र जेष्ठ नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

यसअघि हिजो अब उप्रान्त आरडिटी विधीबाट परिक्षण नगर्न नगराउन अनुरोध गरेको थियो ।

यो पनि पढ्नुहोस् : 

सोमवार काठमाडौं उपत्यकामा थपिएका संक्रमित कुन जिल्लाका कति ? 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?