प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयका आधा दर्जन कर्मचारीलाई कोरोना संक्रमण

जनकपुर । प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयका आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि देखिएको छ । प्रदेशमा ६ कर्मचारी सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पताल जनकपुरमा गरिएको स्वाब परीक्षणका क्रममा मुख्यमन्त्री कार्यालयका एक जना अधिकृत, एक जना ट्राफिक प्रहरी, २ सवारी चालक र २ जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जना सहित ३० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

दुई दिनपूर्व गरिएको स्वाब संकलनको नतिजा आइतवार राति आएपछि उनीहरुमा संक्रमण पुष्टि भएको प्रजिअ भट्टराईले पुष्टि गरे ।

यता संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको आधार पता लगाउने काम भईरहेको प्रजिअ भट्टराईको भनाई रहेको छ ।

त्यस्तै प्रादेशिक अस्पताल जनकपुरका १४ जना कर्मचारीहरुमा समेत कोरोना संक्रमीत भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?