काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बसेको छ ।
आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्ने प्रधानमन्त्री निकट स्रोतले लोकपथलाई जानकारी दिएको छ ।
सरकारले साउन ७ गतेबाट लकडाउन खोलेसँगै काठमाडौं उपत्यका लगायत देशका सबै भागमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
कोरोना जोखिम न्यूनिकरणको लागि थप निर्णय हुनसक्ने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको सीसीएमसीको बैठकमा पनि आवश्यक छलफल भएको र मन्त्रिपरिषद्मा थप छलफल गरी निष्कर्श निकाल्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया