काठमाडौं । नेपालमा हाल ५ हजार ७ सय ३२ जना कोरोना संक्रमित देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।
जसमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर २ मा २ हजार ३ सय ५७ जना र सबैभन्दा कम गण्डकी प्रदेशमा २ सय ७२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार भएका ७ हजार ६ सय ३७ पीसीआर परीक्षणमा ४ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।
कुन प्रदेशमा कति छन् आइसोलेसनमा ?
प्रदेश नम्बर १ मा २ सय ९० जना
प्रदेश नम्बर २ मा २ हजार ३ सय ५७ जना
बागमती प्रदेशमा ६ सय ५१ जना
गण्डकी प्रदेशमा २ सय ७२ जना
प्रदेश नम्बर ५ मा ३ सय १५ जना
कर्णाली प्रदेशमा २ सय ९८ जना
सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४९ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया