मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई कुट्ने को हुन ? दूतावासले देखायो चासो (विज्ञप्तिसहित)

काठमाडौं । केही दिन अघि मलेसियामा एक नेपाली सुरक्षागार्डलाई अर्को व्यक्तिले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।

वैदेशीक रोजगारीका लागि मलेसिया गएका ती युवकलाई अर्का नेपाली युवकले नै कुटेको विषयमा मलेसियास्थित नेपाली राजदूतावासले चासो देखाएको छ । सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोबारे जानकारी आउनासाथ दुतावासले त्यसबारे छानबिन गरेको थियो ।

को हुन पीडित र पिडक ?

पिटाइ खाने व्यक्ति कपिलवस्तुका राम गोपाल रहेका छन् । भने कुट्ने व्यक्ति नवलपरासीका ईस्लाम हुसेन रहेका खुलेको छ । दूतवासका अनुसार भिडियोमा देखिएअनुसार जुलाइ ७ बिहान १० बजेको समयमा क्वालालाम्पूरमा रहेको एम ३ मलमा भएको हो । उनीहरुमध्ये पीडित रेक्युरिटी गार्ड हुन् भने पिडक सुपरभाइजरको रुपमा कार्यरत रहेका थिए । दूतवासमा आएको भिडियो अनुसार दुबै जना आफूहरु नै रहेको बताएका छन् । पीडित रामगोपाल मुराउ आज नै मलेसियन प्रहरी समक्ष उपस्थित भएका छन् ।

सुरक्षा गार्ड सम्बन्धी सेवा उपलब्ध गराउँने कम्पनीहरुको छाता संगठन पिआइकेएमको मार्फत दूतावासले उक्त घटनाको बारेमा जानकारी उपलब्ध गराएको थियो । पिआइकेएमले जुलाई ३१ म प्रहरीमा उजुरी दिएको थियो । साथै दूतवासले उक्त घटनाको बारेमा थप जानकारी गराउनको लागि सबैलाई आग्रह गरेको थियो । दूतवासको आह्वान अनुसार उनीहरु दुवै ना उपस्थित भएका थिए । मलेसियाको अध्यागमन कानूनका अनुसार पिडक र पीडित दुबै मलेसियाको अवैधानिक अवस्थामा रहेको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?