यी ३ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज (सोमवार) थप ४१८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालका यी ३ जिल्लामा ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित रहेका छन् ।

यी हुन् ५०० भन्दा बढी उपचाररत संक्रमित भएका ३ जिल्ला

  • रौतहट
  • कैलाली
  • महोत्तरी

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?