प्रभु बैंकद्वारा २० लाख कित्ता ऋणपत्र बिक्रीका लागि खुला

काठमाडौं । प्रभु बैंक लिमिडेटले आजबाट २० लाख कित्ता ऋणपत्र बिक्रीका लागि खुला गरेको छ । बैंकले बिक्रि गर्न लागेको २० लाख कित्ता ऋणपत्रको २ अर्ब रुपैयाँ बराबरको मूल्य रहेको बैंकले जनाएको छ ।

त्यस्तै बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८४’ जारी गरेको हो।

बैंकका अनुसार कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा र १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने छ।

नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेड शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा छ। बैंकको ऋणपत्रमा साउन १९ गतेबाट छिटोमा साउन २३ र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि ३ लाख कित्तासम्म आवेदन दिन पाइने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?