काठमाडौं । केहि दिन अगाडि मात्र सात हजार किलोमिटरको दूरी तय गरिसकेपछि फ्रान्सबाट ५ वटा राफेल विमान भारत पुगेका थिए ।
फ्रान्सबाट यूएई हुँदै भारत पुगेका लडाकू राफेल विमान र चीनको जे-२० लडाकू विमानमध्ये कुन शक्तिशाली भन्ने बारेमा अहिले धेरै प्रश्नहरु शुरु भएका छन् । तर वास्तवमा यी दुई शक्तिशाली विमानमा कुन धेरै शक्तिशाली छन् त ? यो विषय भने सबैलाई चासोको विषय बनेको छ ।
दुई दशक पछि बल्ल भारतले आफ्नो वायुसेनामा अहिलेसम्मकै शक्तिशाली लडाकू विमान किनेको छ । ३६ वटा विमान किनेको भारतले अहिलेसम्म ५ वटा मात्र पाएको छ । राफेल भारतमा भित्रिएपछि आफ्नो सैन्य शक्ति झनै बढेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार राफेल चीनको जे-२० र पाकिस्तानी एफ-१६ को तुलनामा धेरै शक्तिशाली छ ।
त्यस्तै चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार भारतीय राफेल भन्दा चीनको जे-२० विमान धेरै शक्तिशाली रहेको छ ।
उनीहरु भन्छन्, ‘जे-२० को तुलनामा राफेल एक चौथाई पनि छैन । चिनियाँ विशेषज्ञको तुलनामा राफेल मात्र एउटा थर्ड प्लस फाइटर एयरक्राफ्ट हो ।’
जे-२० र स्टिल्थ फोर्थ जनरेशन जेट जति शक्तिशाली राफेल छैन । चिनियाँ दैनिक ग्लोबल टाइम्समा प्रकाशित एक समाचारका अनुसार एक सैन्य विशेषज्ञले राफेल चीनको जे-२० को तुलनामा मात्र एक चौथाई भएको बताएका छन् ।
साथै चीनले अर्को फाइटर जेट जे-१५ बनाएको छ । जो २४ घण्टै युद्ध गर्न सक्छ । साथै एउटा जे-१५ बाट अर्कोमा आकाशमै इन्धन साटासाट गर्न सक्ने जेट निर्माण गरेको छ ।
त्यस्तै चीनले रुससँग एस-४०० मिसाइल पनि किनेको छ । यो मिसाइल प्रणालीले ४०० किलोमिटरको दूरी र ३० किलोमिटरको उचाईको लक्ष्य सहजै निशाना लगाउन सक्छ ।
त्यस्तै भारतको राफेलले पनि सीमानाबाटै आफ्ना शत्रुलाई निशाना साँध्न सक्छ । भारत सरकारले यी लडाकू विमानका लागि सन् २०१६ मै ५८ हजार ८९१ करोड भारतीय रुपैयाँ फ्रान्सलाई दिईसकेको छ ।
गत जून १५ तारिखको राती भारत चीन सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा भएको हिंस्रक झडपमा परेर २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसपछि केहि समय साम्य बनेको सीमा विवाद पुनः शुरु भएको छ ।
चीन र भारत दुबै देशले आफ्नो सीमामा सैन्य शक्ति बढाईरहेका छन् भने लडाकू विमानहरुले पनि गस्ती गरिरहेका छन् ।
लद्दाखको साथै उता दक्षिण चीन सागरमा पनि चीन र अमेरिकाबीचमा तनावपूर्ण अवस्था रहेको छ । चीन र अमेरिकाबीच विभिन्न चेतावनीहरु आईरहेका छन् ।
चीनले १ हजार वर्ष पहिला देखि दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्दै आएको छ भने अमेरिकाले दक्षिण चीन सागरमा अन्य छिमेकी देशहरुको पनि उत्तिकै अधिकार भएको भन्दै दाबी गरिरहेको छ ।
चीन र अमेरिकाबीचको यो विवाद चीनले कोरोना भाइरसको प्रकोपका बारेमा सूचना दिन सारा विश्वलाई ढिला गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनविरुद्ध खनिएपछि शुरु भएको थियो ।
अमेरिकाले आफ्ना जर्मनमा रहेका सेनाहरुलाई पनि फिर्ता बोलाएर अहिले दक्षिण चीन सागरमा आफ्नो सैन्य शक्ति बढाईरहेको छ ।
चीनले पनि दक्षिण चीन सागरमै आफ्ना सैन्य अभ्यासहरु गरिरहेको छ । दुबै देशबीचको यो तनावपूर्ण अवस्थाका कारण छिमेकी देशहरुमा भने त्रास पैदा भएको छ ।
केहि दिन अगाडि मात्र अमेरिकाले आफ्नो लडाकू विमान चीनको वायुक्षेत्र नजिकै उडाएपछि चीनले उक्त लडाकू विमान लखेट्दै अमेरिकालाई चेतावनी दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया