कंगना रनवतको भाईरल ट्वीट, किन लेखिन् यस्तो ?

काठमाडौं – बलिउड नायिका कंगना रनवतले लेखेको एक ‘ट्वीट’ अहिले भाईरल भईरहेको छ । धेरैले कंगनाले यस्तो ट्वीट कुन मनोविज्ञानले लेखेकी हुन् भनेर सोधखोज गरिरहेका छन् भने उनले ‘यदि म झुण्डिए भने ?’ भन्ने शब्द प्रयोग गरेका कारण फ्यान / फलोअर्स र प्रशंसकले चित्त दुखाएका छन् । उनको टीमद्वारा लेखीएको ट्वीट भनिएको छ :

सबैलाई उसको नाम थाहा छ, तर कसैले लिन चाहँदैनन् । करण जोहरका निकै मिल्ने साथी र संसारका उत्कृष्ट सीएमका छोरा । बेबी पेनगुइन । यदि म पङ्खामा झुण्डिएको अवस्थामा भेटिएँ भने बुभ्नुहोस् कि मैले आत्महत्या गरेको होइन ।’

यसैबीच उनले शुक्रबार राती आफ्नो मनालीस्थित घर नजिकै गोलीको आवाज सुनेको भन्दै प्रहरीमा उजुरी गरेपछि अहिले प्रहरीले उनको घर वरपरको स्थानमा सुरक्षा दिईरहेको छ । कंगना हाल आफ्नो परिवारसँग मनालीमा बसिरहेकी छिन् ।

अभिनेता सुशान्त सिंह राजपुतको को आत्महत्यासम्बन्धि उनको हालैका टिप्पणीपछि उनलाई धम्काउने उद्देश्यले गोली पड्काएर तर्साउने जस्तो निकृष्ट हर्कत गरेको उनको अनुमान छ। उनको बयान अनुसार भारतको कुल्लू जिल्ला पुलिसले उनको घरमा सुरक्षाकर्मीले गस्ती बढाएका छन् ।

बलिउडका चर्चित अभिनेता राजपूतको आत्महत्यापछि सबैभन्दा पहिले कंगनाले नै एउटा भिडियो सेयर गरेर ‘नेपोटिज’को बहश सुरु गरेकी थिईन् । त्यसपछि लगातार उनको पक्ष विपक्षमा विभिन्न भिडियोहरु ‘भाईरल’ भएका छन् ।

यस्तो अवस्थामा उनको यो ट्वीट आउनुलाई आश्चर्यको भावसहित हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?