अब रेष्टुरेन्टको तयारी खाना घरमै आउने, ‘सजिलो मिल्स’ले ल्यायो यस्तो सुविधा

काठमाडौं । व्यक्तिले चाहे अनुसारको तयारी खाना घर-घरमा पुर्याउने उदेश्यका साथ ‘सजिलो मिल्स’ प्रालिले भोलीबाट आफ्नो कारोबार सञ्चालन गर्ने भएको छ ।

पहिलो चरणमा काठमाडौंभित्र सञ्चालनमा रहेका रेष्टुरेन्टहरुमा तयारी खानाहरु ग्राहकको स्वाद, इच्छा र रोजाइ अनुसार अर्डर गरेको एक घण्टाभित्र घरमा पुर्याउने लक्ष्य लिएको कम्पनीले जनाएको छ । हाल काठमाडौंका ३५ वटा रेष्टुरेन्टहरुसँग सम्झौता भइसकेको र दोस्रो चरणमा घरमा तैयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा पुर्याउने कार्यक्रम बनाएको कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीका अनुसार घरमा तयार हुने खानाको लागि भने उपत्यका भित्रका ५/५ जना महिलाको समूह बनाइ पच्चिस स्थानमा खाना बनाउने केन्द्र पव्लिक प्राइभेट पार्टनरसिपमा तैयार गरिनेछ । उनीहरुलाई आवश्यक सामाग्री, तालिम र अरु सुविधा उपलब्ध गराएर रोजगारी सिर्जना गरिने र घरको काम सकाएर फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादनशील बनाउने तयारी रहेको कम्पनीले जनाएको छ ।

ऋअष्ट्रेलिया र क्यानडाबाट फर्किएका चार्टड एकाउन्टेन रविराज भट्टराई र इकमर्श विशेषज्ञ डा सुनिल सिंह सिजापती तथा लण्डनमा व्यवसाय गरि फर्किएका होटल व्यवासयी विष्णु बहादुर कार्की र बैंकर/बीमा व्यवसायी रमेश कुमार भट्टराइको संयुक्त लगानीमा रहेको सजिलो मिल्सले उपत्यकाबासीको मन जितेर रोजगारी सिर्जना साथै गुणस्तरीय कारोबार विस्तार गर्दै विश्वास दिलाउने उनीहरुको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?