काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-६ बस्ने धर्म श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका(३ घर भएका ३२ वर्षीय पुरन श्रेष्ठ समेत ४ जनालाई नगद १ लाख ८ हजार ५ सय ५० रुपैयाँ र १६ वटा कौडा सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, बाजुरामा गौमुल गाउँपालिका-४ बिज्याढुङ्गा बस्ने केशब रोकायाको पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कलक रोकाया समेत ११ जनालाई नगद ५१ हजार २ सय ३५ रुपैयाँ र १ गड्डी तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौमुलेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया