गायक प्रकाश सपुतको ‘बदला बरीलै’ सार्वजनिक भएको एकदिनमै ‘ट्रेन्डिङ’ एकमा

काठमाडौं । बलात्कारको विषयलाई लिएर गायक प्रकाश सपुते बनाएको ‘बदला बरिलै’ सार्वजनिक भएको एक दिनमै गीत यूट्युवको ट्रेन्डिङ एकमा आएको छ।

गायक सपुतले आफ्नै यूट्युव च्यानलमार्फत शनिवार सार्वजनिक गरेको १५ मिनेटको यो गीत ८ लाख ५८ हजार भन्दा धेरैले हेरिसकेका छन् ।

संगीत क्षेत्रमा भविष्य खोजिरहेकी एक यूवतीको बलात्कारपछि हत्या भएपछि ती युवतीले बलात्कारीसँग लिएको बद्लाको कथा भिडियोमा छ।

समाजमा बढ्दो बलात्कारको घटनालाई लिएर तयार पारिएको पन्ध्र मिनेट लामो गीतमा अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छन्।

देवी घर्तीको आवाजमा रहेको यो गीतमा प्रकाशको शब्द तथा संगीत रहेको छ। गायक सपुतले नै भिडियोको निर्देशन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?