काठमाडौं – ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप ३ जना प्रहरीलाई कोरोना भाइरस ‘कोभिड-१९’ को संक्रमण पुष्टि भएको छ ।
हिजो दुईजना संक्रमितलाई उपचारका लागि अस्पताल पठाएपछि महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी भीमप्रसाद ढकाल सहित २८१ प्रहरी क्वारेन्टाइनमा बसेका छन् ।
ति संक्रमितको सम्पर्कमा आएकाहरुमध्ये जाँचका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको सम्पर्कमा आएकाहरु अन्यको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
काठमाडौं उपत्यकामा मात्रै यतिका संख्यामा प्रहरी क्वारेन्टाईनमा बसेका कारण यहाँको सवारी व्यवस्थापन लगायतका सेवाको लागि घर पायक पर्ने स्थानमा ड्यूटीको प्रवन्ध मिलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया