काठमाडौं । सिराहा भोजपुर र लमजुङका छुट्टाछुट्टै स्थानमा ३ जनाको डुबेर मृत्यु भएको छ ।
सिराहाको सुखीपुर नगरपालिका-१० दहिपौडीस्थित सार्बजनिक पोखरीमा डुबेर अर्नामा गाउँपालिका-३ लालपुर बस्ने रामप्रकाश यादवको ७ वर्षीय छोरा करण यादवको आइतबर मृत्यु भएको छ । सुखिपुर नगरपालिका-१० दहिपौडी मामाघरमा बस्दै आएका उनको उक्त पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
त्यस्तै, भोजपुरको अरुण गाउँपालिका-७ हङ्ग्रिया बस्ने ३१ वर्षीय गोविन्द कोइराला सोही ठाउँस्थित हङ्ग्रिया खोलामा पौडी खेल्ने क्रममा डुबेर आइतबार मृत्यु भएको छ ।
साथै, लमजुङको सुन्दरबजार नगरपालिका-६ बरेटार बस्ने बिनोद बसेलको १३ वर्षीय छोरा अविनस बिकको पौडी खेल्ने क्रममा डुबेर आइतबार मृत्यु भएको छ । माछा पोखरीमा पौडि खेल्ने क्रममा डुबेर अशक्त भएका उनको कर्मदा अस्पताल सुन्दरबजारमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया