राष्ट्रपतिको चुनाव भन्दा पहिला ट्रम्पले फाल्न सक्छन् यो तुरुप !

काठमाडौं । एक सफल कोdरोना भाइरस विरुद्धको भ्याक्सीन बनाउन अमेरिका तीव्र गतिमा काम गरिरहेको छ ।

कोरोनाबाट सबैभन्दा प्रभावित रहेको देश अमेरिकामा अहिले कोरोना भाइरसविरुद्धको भ्याक्सी बनाउन अहोरात्र खटिएर वैज्ञानिक लागि परेका छन् ।

डोनाल्ड ट्रम्पको सरकारले अब छिटै कोरोना भ्याक्सिन बनाउनको लागि अप्रेशन वार्प स्पीड लञ्च गर्दैछ ।

अमेरिकामा नोभेम्बरमा राष्ट्रपति पदका लागि चुनाव हुँदै छ । यस्तो अवस्थामा वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् कि, चुनाव भन्दा ठीक पहिला ट्रम्पले हतारमा कुनै पनि कोरोनाविरुद्धको भ्याक्सीन पास गर्न सक्छन् ।

न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार अप्रेशन वार्प स्पीडसँग जोडिएका केहि मानिसले अक्टोबरसम्म कोरोनाको भ्याक्सीन बनाउन दवाव दिइरहेको बताएका छन् ।

रिपोर्टमा भनिएको छ कि, सरकारको तर्फाबाट काममा लागेका रिसर्चरलाई आउँदो महिनामा कोरोना विरुद्धको भ्याक्सीन बनाउन दवाव आएको बताइएको छ ।

केहि विज्ञहरुले भने कोरोनाको भ्याक्सीन लञ्च गरेर ट्रम्पले राष्ट्रपतिको लागि तुरुप फाल्न सक्ने अनुमान गरेका छन् ।

राष्ट्रपतिका लागि अमेरिकामा ट्रम्पका प्रतिद्वन्दी बनेर विपक्षि दलका नेता तथा पूर्व उपराष्ट्रपति जो बाइडेन खडा भएका छन् । उनलाई पूर्व राष्ट्रपति बाराक ओबामाको फुल सपोर्ट छ । उनी बाराक ओबामाको कार्याकालमा उपराष्ट्रपति थिए ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ५८ हजार ३६५ जनाको मृत्यु भएको छ भने ४८ लाख १३ हजार ६४७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २३ लाख ८० हजार २१७ जना संक्रमण मुक्त भएका छन् भने २२ लाख ७५ हजार ६५ जना उपचाररत छन् । त्यस्तै १८ हजार ६२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?