चीनले सीमावर्ती क्षेत्रमा तैनाथ गर्यो परमाणु बमवर्षक, तेज फाइटर जेट !

काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा गत १५ जून राती भएको हिंसात्मक झडप पछि विवाद झनै चुलिँदै गएको छ । गत १५ जुनमा भारत र चीनबीचमा हिंसात्मक झडप भएको थियो । जसमा भारतीय २० सैनिकले ज्यान गुमाएका थिए ।

चीनले भने आफ्नो पक्षको बारेमा केहि पनि जानकारी दिएको छैन । यसैबीच भारतीय सञ्चारमाध्यमका अनुसार स्याटेलाइट फोटोमा चीनले आफ्नो परमाणु बमवर्षक विमान तैनाथ गरेको छ ।

चीनले आफ्नो सीमावर्ती क्षेत्रमा आफ्नो लडाकू विमानमा तैनाथ गरेपछि भारतमा खैलाबैला मच्चिएको छ ।

स्याटेलाइटबाट लिइएको उक्त तस्वीरमा बमवर्षक लडाकू विमान देखिएको हो । तैनाथ गरिएको विमान ६ Xian एच-६ बम्बर रहेको छ ।

यी मध्ये दुईवटामा हतियार राखिएको छ । यी बाहेक पनि चीनले शेनयांग जे ११ १६ प्लेन तैनाथ रहेको छ । साथै चीनको सुखोई पनि रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?