मन्त्र जप्नको लागी किन रुद्राक्ष मालाको प्रयोग गरिन्छ ? यस्तो छ धार्मीक तथा वैज्ञानिक कारण !

काठमाडौं । ध्यान तथा कुनै ग्रहको मन्त्र जप्नको लागि रुद्राक्ष मालाको प्रयोग गरिन्छ । रुद्राक्ष माला नभएपनि ध्यान तथा मन्त्र पनि जप्न सकिन्छ भनेर मनमा जिज्ञासा लाग्नु स्वभाविक हो । तर रुद्राक्ष मालाको प्रयोग गर्नुमा धार्मिक तथा वैज्ञानिक कारण रहेकोछ । धार्मिक दृष्टिबाट हेर्ने हो भने अंगिरा ऋषिको कुरामा ध्यान दिनुपर्छ ।

अंगिरा ऋषिका अनुसार–“असंख्या तु यज्ज्प्तं, तत्सर्व निश्फलं भवेत्” यसको अर्थ बिना मालाको संख्याहिन जपबाट कुनै फल मिल्दैन । यसको कारण के हो भने जप भन्दा पहिला जप संख्याको संकल्प लिनु आवश्यक हुन्छ । संकल्प संख्यामा धेरै, थौरै भएमा पनि जप निष्फल मानिन्छ । त्यसैले त्रुटि रहित जपको लागि मालाको प्रयोग उत्तम मानिन्छ ।

वैज्ञानिक दृष्टिमा मालाको प्रयोग गर्दा औंलामा रुद्राक्ष मालाको दबाबको कारण एक विद्युतीय तरंग उत्पन्न हुन्छ । यसले नशाको माध्यमबाट हृदय चक्रलाई प्रभावित गर्दछ जसको कारण मन एकाग्र तथा शान्त हुन्छ साथै चिन्ता बाट पनि मुक्ति मिल्छ । अझ यो मानिन्छ कि माझि औंलाको हृदयसँग सिधा सम्बन्ध हुन्छ । हृदयमा आत्माको बास हुने भएकोले माझि औँलाको माध्यमबाट जप गरिन्छ । त्यसैले जप तथा ध्यान गर्दा रुद्राक्ष मालाको प्रयोग राम्रो मानिन्छ ।

एकमुखे रुद्राक्षः यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र वुद्धि मिल्छ ।

द्विमुखी रुद्राक्षः सबै प्रकारका कामनालाई पूरा गर्ने तथा दाम्पत्य जीवनमा सुख, शान्ति वा यश प्रदान गर्ने ,अर्धनारीश्वरको रुप हो

त्रिमुखी रुद्राक्षः ऐश्वर्य प्रदान गर्ने ।

चतुर्थमुखी रुद्राक्षः धर्म, अर्थ काम तथा मोक्ष प्रदान गर्ने ।

पञ्चमुखी रुद्राक्षः सुख प्रदान गर्ने ,सन्तान सुख ।

षष्ठमुखी रुद्राक्षः पापहरुवाट मुक्ति तथा सन्तान सुख प्रदान गर्ने ,भगवान कार्तिकेयको स्वरुप ।

सप्तमुखी रुद्राक्षः दरिद्रता हटाउने ,सप्तग्रह र शनिश्वर को स्वरुप ।

अष्टमुखी रुद्राक्षः श्री गणेश, आयु तथा सकारात्मक ऊर्जा प्रदान गर्ने ।

नवममुखी रुद्राक्षः भगवती देवी दुर्गा,शक्ति प्रदान गर्ने, मृत्यु, भयबाट मुक्त गर्ने ।

दसमुखी रुद्राक्षः विष्णु को स्वरुप, शान्ति तथा सौन्दर्य प्रदान गर्ने ।

एघार मुखी रुद्राक्षः भगवान रुद्र , विजय दिलाउने, ज्ञान तथा भक्ति प्रदान गर्ने ।

बाह्रमुखी रुद्राक्षः भगवान नारायण र सूर्य ग्रह , धन प्राप्ति प्रदान गर्ने ।

तेह्रमुखी रुद्राक्षः इन्द्र, कुवेर, कामदेव र पितृदेवता, शुभ वा लाभ प्रदान गर्ने ।

चौध मुखी रुद्राक्षः हनुमानको प्रतीक, सम्पूर्ण पाप नष्ट गराउने ।

ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?