काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएको पहिरोले पुरिएका ८ जनाको मृत्यु भएको छ । ८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै पहिरोले पुरिएर भारतीय नागरिक बारु साह घाइते भएका छन् ।
मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव धामी र १७ बर्षिय सोनम लामा छन् ।
मृतक राजेन्द्र चौरसिया पनि भारतीय नागरिक हुन् भने निर्माण कार्यमा सक्रिय उनीहरु बसेको टहरालाई पहिरोले पुर्दा सो घटना हुन पुगेको बताइएको छ ।
यो पनि
मेलम्चीमा पहिरोः आठ जना बेपत्ता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया