भलिबलको कभर्डहल दुई वर्षभित्र बनाउने सिलवालको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले दुई वर्षभित्र भलिबलको कभर्डहल बनाउने प्रतिबद्धता जनाएका छन् ।

नव नियुक्त सदस्य सचिवको स्वागतमा नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा सिलवालले आफ्नो कार्यकालको सुरुवाती दुई वर्षमा भलिबलको कभर्डहल निर्माण गरिने बताएका हुन् ।

सदस्य सचिव सिलवालले भनेका छन् ‘कभर्ड हल बनाउन भलिबलल संघले समेत योगदान गर्नपर्छ । अबको दुई वर्षमा राष्ट्रिय खेलको कभर्डहल बनाउनुपर्छ ।

राष्ट्रिय खेलको कभर्डहल नबनाएर राज्यले भलिबलमाथि अन्याय गरेको बताउँदै सिलवालले चाँडै यसको निर्माणलाई पूर्णता दिने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?