विवाह गरेको २ हप्तापछि पत्नी पुरुष भएको थाहा पाएपछि…

काठमाडौं । घरमा जब कसैको विवाह हुन्छ तब हाम्रो खुसी नै फरक हुन्छ । तर कुनैबेला यस्तै खुसीको समयमा दुःखको नजर लागिदिन्छ । र कहिले विवाह सम्बन्धी जोडिएका बिभिन्न कुराहरु बाहिर आउँन थाल्छन् ।

अफ्रिकी देश युगान्डामा पनि एउटा यस्तै घटना भएको छ । युगान्डामा दुई हप्ता अगाडि मात्र एक जोडिले विवाह गरे । तर विवाह गरेको दुई हप्ता पछाडि आएर मात्र महिला भने घर भित्राउकी दुलही पुरुष भएको थाहा भयो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार इमाम नाम गरेका ति व्यक्तिकी पत्नी स्त्री नभएर पुरुष भएको कुरा गाउँका एक व्यक्तिले खुलाए ।

उनले इमामकी श्रीमतीले पहिला ढोकाबाट दौडेर घरमा गएको र त्यहाँबाट टिभी तथा कपडाहरुसमेत केहि सामान चोरेर भागेको आरोप लगाएका थिए ।

गाउँले ति मानिसले इमामलाई यो कुरा भने लगत्तै पुलिस स्टेशनमा रिपोर्ट लेखाए । त्यसपछि पुलिसले इमामकी श्रीमतीलाई स्टेशन बोलायो । महिलाले हिजाब तथा सेन्डिल लगाएकी थिइन् ।

पुलिसले उक्त महिलामाथि अनुसन्धान गर्याे । तब गाउँलेले भनेको कुरा सत्य सावित भयो । जसलाई इमामले महिला भनेर विवाह गरेर ल्याएका थिए ति व्यक्ति महिला नभएर पुरुष थिए ।

जब यो कुरा इमामले थाहा पाए तब उनी त्यहिँ बेहोस हुन पुगे । इमामलाई जब होस आयो तब उनले भने मलाई उसले शारीरिक सम्बन्ध गर्न रजस्वला भएको भन्दै दिएकी थिइनन् ।त्यसैले मैले यो बारेमा थाहा पाइन ।

अनुसन्धानमा उक्त महिलारुपी पुरुषले पैसाको लोभमा विवाह गरेको बताएका थिए । इमामले उक्त व्यक्तिलाई एक मस्जिदमा भेटेका थिए ।

त्यसपछि उनीहरुको माया बसेको थियो । त्यसपछि इमामले विवाहका लागि प्रपोज गरेका थिए । उक्त व्यक्तिले हुन्छ भन्ने बित्तिकै इमामले विवाह गरेका थिए । इमामलाई आफ्नो अफिसबाट पनि यो कुरा थाहा भएपछि निकालिदिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?