काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ९२ हजार ६९४ जनाको मृत्यु भईसकेको छ भने १ करोड ८२ लाख ३१ हजार ५३५ जनालाई संक्रमण भएको छ । त्यस्तै १ करोड १४ लाख ४३ हजार ८४४ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ७५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसका कारण नेपालमा अहिलेसम्म ५७ जनाको मृत्यु भएको छ भने २० हजार ३३२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १४ हजार ६०३ जना संक्रमण मुक्त भएका छन् भने ५ हजार ६७२ जना स्वास्थ्योपचाररत छन् । नेपाल कोरोना संक्रमितको हिसावले विश्वको ६५ औँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया