काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ९२ हजार ६९४ जनाको मृत्यु भईसकेको छ भने १ करोड ८२ लाख ३१ हजार ५३५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड १४ लाख ४३ हजार ८४४ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ७५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म् ३८ हजार १६१ जनाको मृत्यु भएको छ भने १८ लाख ४ हजार ७०२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ११ लाख ८७ हजार २२८ जना संक्रमण मुक्त भइका छन् भने ५ लाख ७९ हजार ३१३ जना स्वास्थ्योपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा आईतवार मात्रै ५२ हजार ७८३ जना संक्रमित थपिएका छन् भने ७५८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया