काठमाडौं । भारत कोरोना संक्रमणको हिसावले तेस्रो देश हो । छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३८ हजार १ सय ५८ हजार पुगेको छ । बितेको २४ घण्टामा ५२ हजार ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १८ लाख ४ हजार २ सय ५८ पुगेको छ । हालसम्म ११ लाख ८६ हजार ९ सय ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ५५ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोना संक्रमणको हिसावले चौथो देश रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ हजार १ सय २८ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ४ सय २७ जनामा कोरोना पुष्टि भएको र ७० जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ५० सय ८ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख ५० हजार १ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार १ सय ५३ पुगेको छ । हालसम्म ५ लाख ३ हजार २ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ९० हजार ८ सय ९१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ८१ लाख ४१ हजार ९ सय ४ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड १४ लाख ११ हजार ३ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६५ हजार ८ सय ९१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया