कोरोना विश्व अपडेटः कुन देशको अवस्था कस्तो ? पछिल्लो ताजा विवरणसहित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ९० हजार ८ सय ९१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ८१ लाख ४१ हजार ९ सय ४ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड १४ लाख ११ हजार ३ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६५ हजार ८ सय ९१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५८ हजार १ सय ६५ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २४ हजार ३ सय ७४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४७ लाख ८८ हजार ६ सय ९२ पुगेको छ । हालसम्म २३ लाख ६७ हजार २ सय २७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ७ सय २० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय ६७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा २ हजार २ सय ५६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २७ लाख ११ हजार १ सय ३२ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ९३ हजार ६ सय ५९ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १८ लाख ८४ हजार ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४३ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३८ हजार १ सय ५८ हजार पुगेको छ । बितेको २४ घण्टामा ५२ हजार ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १८ लाख ४ हजार २ सय ५८ पुगेको छ । हालसम्म ११ लाख ८६ हजार ९ सय ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ५५ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ हजार १ सय २८ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ४ सय २७ जनामा कोरोना पुष्टि भएको र ७० जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ५० सय ८ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख ५० हजार १ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार १ सय ५३ पुगेको छ । हालसम्म ५ लाख ३ हजार २ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा १९ हजार ४ सय ८ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ४ लाख २२ हजार १ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ९० हजार ८ सय ३५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ९ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख ३४ हजार १ सय ९३ पुगेको छ । हालसम्म कोरोनाको कारण ४७ हजार ४ सय ७२ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ७ सय ८४ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा २ लाख ८४ हजार ८ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ९ सय ९४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय ८ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा २ हजार ७३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ५९ हजार ७ सय ३१ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ३२ हजार ४ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १७ हजार ७ सय १२ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ४ सय ४५ पुगेको छ । हालसम्म ३ लाख ३५ हजार ६ सय २ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?