बालुवाटार बैठकपछि प्रचण्डले गरे छुट्टै बैठक

काठमाडौं । आइतबार मध्यान्हतिर बालुवाटारमा पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका कार्यकारी अध्यक्ष प्रचण्डले साँझ पख फेरि छुट्टै बैठक गरेका छन् ।

खुमलटारमा प्रचण्डले आइतबार बेलुका सचिवालयका अन्य सदस्यहरुसँग छलफल गरेका हुन् । सो क्रममा उनले ओली सहमतिमा आउन नचाहेको बताएका छन् ।

प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग खुमलटारमा छलफल गरेका हुन् । सो छलफलमा ओलीसँगको कुराकानीमा आफूले नियमित बैठक नरोक्न र उठेका प्रश्नहरुबारे छलफल गरौँ भन्दा उनी सकारात्मक नभएको प्रचण्डले बताए ।

बरु ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक भन्दा महाधिवेशनमार्फत नै निकास निकाल्न आफू तयार रहेको बताएका थिए ।

यसअघि प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफल गरेका थिए। बालुवाटार छलफलमा झलनाख खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए।

नेकपाभित्र केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मत बलियो छ भने उनले राजीनामा छल्न बैठक नै स्थगित गरिदिन थालेपछि विवाद थप चर्किएको छ । नेकपाको ओली इतर समूहले प्रचण्डलाई ओलीसँग वार्ता गर्न जिम्मेवारी दिएपछि सहमति जुट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?