काठमाडौंं । सरकारबाट मान्यता लिएर कोभिड १९ (कोरोना भाइरस) परीक्षणको जिम्मा पाएको विध म्यानेजमेन्ट प्रा.लिले ५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण गरेको छ । पछिल्लो समय सुरक्षाकर्मीमा संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै म्यानेजमेन्टले निःशुल्क परीक्षण गरेको हो ।
सरकारबाट अनुमति लिएर कोरोना परीक्षण गर्दै आएको विध म्यानेजमेन्टले अब ४ हजारमै आरटी पीसीआर परीक्षण गरिरहेको छ ।
ट्राफिक प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएपछि ट्राफिक महाशाखा सिल भएको थियो । म्यानेजमेन्टले काठमाडौंको थापाथलिमा कार्यरत ५० जनाको स्वाब संकलन गरिएको हो । ट्राफिक प्रहरी प्रवक्ता बामदेव गौतमले थापाथलिमा कार्यरत ५० जनाको स्वाब लिइएको बताएको छ ।
म्यानेजमेन्टका अनुसार उनीहरुको रिपोर्ट ४ घन्टामा नै दिइनेगरी तयारी गरिएको छ ।
ट्रफिक महाशाखा अन्तर्गत अहिले १ हजार ४ सय ६८ प्रहरी कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया